पेट्रोलियम पदार्थको मूल्य वृद्धि

-


     मर्दी न्युज    
     भाद्र २९ गते २०८० मा प्रकाशित


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँसम्म पुगेको छ । डिजेलको मूल्य १७३ रुपैयाँसम्म पुगेको छ ।

भारतबाट पेट्रोलको मूल्य वृद्धि भएर आएपछि स्वचालित मूल्यअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो।

निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य १.१२ रुपैयाँ र डिजेल र मट्टितेलमा २.९१ रुपैयाँले वृद्धि भएर आएको जनाएको छ। ग्यासको मूल्य भने यथावत राखिएको छ।