
पोखरा । काठमाडौँ । फेवाताल किनाराबाट ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाउन पोखरा महानगरपालिकासहितको विपक्षीको नाममा सर्वोच्च अदालतले परमादेशको पूणर्पाठ सार्वजनिक गरेको छ ।
पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिट निवेदनको पूणर्पाठमा सर्वोच्चले फेवातालको वरिपरि वर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटर सम्मको क्षेत्रमा रहेका सबै संरचना ६ महिनाभित्र अनिवार्य हटाउनुपर्ने आदेश गरेको छ ।
सर्वोच्चले फेवालालको मापदण्डसँग सम्बन्धमा परेका पाँचवटा रिटको फैसला गर्दै २०७५ वैशाख १६ गते फेवातालको मापदण्ड ६५ मिटर र बनेका संरचना ६ महिनाभित्र हटाउन असार ४ गते परमादेश दिएको थियो ।
हेर्नुहोस पूर्णपाठः