आज यी प्रदेशमा वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     १२ अशोज २०८० मा प्रकाशित


पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। अहिले बिहान देशको पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुमा सामान्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी भू–भागको एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।