सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति

-


     मर्दी न्युज    
     असाेज १४ गते २०८० मा प्रकाशित


काठमाडौँ । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच सहमति भएको छ । शनिबार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

पोखराको मणिपाल शिक्षण अस्पताललगायत विभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमण भएपछि सुरक्षाको प्रत्याभूति माग गर्दै चिकित्सकहरुले आन्दोलन घोषणा गरेका थिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी टोली र नेपाल चिकित्सक सङ्घका प्रतिनिधिबीच शनिबार वार्ता भएको थियो ।