बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निट्यूडको भूकम्प

-


     मर्दी न्युज    
     असाेज १६ गते २०८० मा प्रकाशित


काठमाडौँ । खानी तथा भूगर्भ विभागले बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निट्यूडको भूकम्प गएको जनाएको छ।

अपराह्न ३ बजेर ६ मिनेट जाँदा गएको भूकम्पको धक्का बझाङ आसपासका जिल्लाहरू सहित भारतीय राजधानी नयाँ दिल्लीसम्म महसुस भएका विवरण आएका छन्।

त्यसअघि मङ्गलवारै दिउँसो २ ४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निट्यूडको भूकम्प गएको विभागले जनाएको छ।