वरिष्ठ गायिका दिलमाया खातीको निधन

-


     मर्दी न्युज    
     असाेज १७ गते २०८० मा प्रकाशित


काठमाडौँ । वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ कालजयी गीत सन् १९७२ मा स्वरसम्राट नारायण गोपालसँग गाएकी स्रष्टा खातीको मंगलबार राति ८४ वर्षको उमेरमा दार्जिलिङमा निधन भएको हो ।

उनी लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित थिइन् । सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी उनी गोपाल योञ्जन, कर्म योञ्जन,रञ्जित गजमेर, शान्ति ठटाल, अरुणा लामाकी समकालीन हुन् ।

करिब डेढ सय बढी नेपाली गीत गाएकी दिलमाया सन् १९३९ अक्टुबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी हुन्।

खाति पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्।’ ‘बिछोडको पीड नसकी खप्न दसैंको बेलामा,’ सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ खोलाको दुई किनारा भव तिम्रो र मेरो पिरती,’ लगायत उनका चर्चित गीतहरू छन्।

उनी देवकोटा सम्मान, शिखा सुर सम्मान, लहानी नेपाल सम्मान, गुञ्जन सम्मान र भूपाल संगीत पुरस्कारबाट सम्मानित भएकी थिइन्।