पोखरा । सोमवार पोखरा पुगेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस फेवातालमा डुङ्गा सयर गरेका छन् । तालमा रहेको मोटरबोट चढेर उनले तालबाराही मन्दिरको परिक्रमा गरेका हुन् ।
यसअघि उनले पोखरा महानगरपालिका-२ पुम्दीभुम्दीमा रहेको विशाल महादेवको मूर्ति अवलोकन गरेका थिए । त्यहाँबाट उनले पोखरा बजार, फेवाताल र हिमशृङ्खला हेरेर फर्किएका थिए ।
गुटरेस भोलि मङ्गलवार बिहान सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर जानेछन् । जलवायु परिवर्तनको असरबारे बुझ्न र प्रत्यक्ष अनुभव गर्न उनी त्यहाँ उनी बिहान साढे ७ बजे पोखरा विमानस्थल फर्किएर लुम्बिनी प्रस्थान गर्ने तालिका छ ।