जाजरकोट भूकम्पमा परेर ३६ जनाको मृत्यु, ४६ जना घाइते

-


     मर्दी न्युज    
     १८ कार्तिक २०८० मा प्रकाशित


शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

प्रहरीका अनुसार अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ भने ४६ भन्दा बढी घाइते भएका छन् ।

घाइतेको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। प्रहरीका अनुसार उद्धार कार्य जारी छ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।