हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

-


     मर्दी न्युज    
     माघ ४ गते २०८० मा प्रकाशित


पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले अहिले बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश भू–भागमा हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।