जनप्रियमा सामुदायिक विद्यालय क्लस्टर स्तरीय हाजिरी जवाफ कार्यक्रम सम्पन्न

-


     मर्दी न्युज    
     माघ ५ गते २०८० मा प्रकाशित


पोखरा, ५ माघ । पोखरा महानगरपालिका वडा नं ८ सिमलचौरस्थित जनप्रिय माविमा पोखरा महानगर भित्रका क्लस्टर सामुदायिक विद्यालय स्तरीय हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको ५५औं वार्षिकोत्सव ,अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह २०८० को पूर्व सन्ध्यामा आज हाजिरी जवाफ कार्यक्रम सम्पन्न गरेको हो। पोखरा महानगरपालिका भित्रका क्लस्टर विद्यालयहरुको उपस्थितिमा भएको हाजिरी जवाफ प्रतियोगितामा बालमन्दिर मावि प्रथम, छोरेपाटन मावि द्वित्तीय र जनप्रिय माविले तृतीय स्थान प्राप्त गरेका गरे । विजेतालाई विद्यालयको वार्षिकोत्सव कार्यक्रम माघ १० गते नगद र प्रमापत्र वितरण गरिनेछ।

कार्यक्रम सूचना प्रविधिको प्रयोग गरी विभिन्न चरणमा भएको थियो। कार्यक्रमलाई उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बरालले क्लस्टरको कार्यक्रम फेरि यो गर्विलो हाजिरी जवाफ जनप्रिय माविले गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरू आन्तरिक तथा खुल्ला रुपमा अन्तर विद्यालयलाई समेत समावेश गरी गर्नुले प्रतियोगी एबम् सहभागी दुवैलाई राम्रो सिकाइ हुने कुराको विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी सबैलाई शिवशक्ति माबि पोखरा ११ फूलबारीका प्रअ शभु बास्तोलाले शुभकामना दिएका थिए । विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमका संयोजक कृष्णबहादुर भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्राविधिक सहयोग ज्ञानेश्वर ढुंगाना, रामकुमार अधिकारी, बासुदेव तिम्सिना, बामन् चालिसे, नितु पौडेल, सरस्वती पौडेलले गरेका थिए भने क्विज मास्टरको भूमिका शिक्षक श्रीकान्त पौडेलले गरेका थिए। विद्यालयले यही माघ १० गते विद्यालयको वार्षिकोत्सव मनाउने तयारी गर्दै विविध अतिरिक्त क्रियकलाप अन्तर्गत छात्र भलिबल, छात्रा भलिबल, बास्केट बल, ब्याडमिन्टन छात्रछात्रा लगाएतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ भने माघ १० गते बिहान ८ बजे देखि जूनियर युवा रेडक्रस सर्कल जनप्रियले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।