
बाग्लुङ । अर्नाकोट सामुदायिक स्वास्थ्य ईकाई तथा बर्थिंग सेन्टर देबिस्थान निसिखोला २ बाग्लुङ्गमा बाख्रा वितरण गरिएको छ । २० जना लाभग्राहीलाई गत आइतबार बाख्रा वितरण कार्यक्रम गरिएको हो।
संस्थाको आर्थिक सहयोगमा निर्मित अर्नाकोट सामुदायिक स्वास्थ्य इकाई तथा बर्थिंग सेन्टरको दिगो संचालनको लागि अक्षय कोष स्थापना गरी बिगतमा २ चरणमा बाख्रा वितरण गरिएकोमा यो तेस्रो चरणमा २० जना निम्न आय भएका महिलाहरुलाई जीविकोपार्जन तथा उनीहरुको आर्थिक ससक्तिकरणको लागि बाख्रा वितरण सम्पन्न गरिएको हो ।
इकाईका अध्यक्ष समेत तथा निसीखोला गापा वडा नम्बर २ का अध्यक्ष समेत रहेका कुबिर बिकको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा बाख्रा वितरणको लागि अर्नाकोट कृषि सहकारी संस्था लि, कर्मफ्लाइट्स संस्था र अर्नाकोट सामुदायिक स्वास्थ्य इकाई बीच त्रिपक्षिय सम्झौता भई २ लाख ७० हजार रुपैयामा बिमासहित २० जना लाभग्राहीले पाठा/पाथीसहितका माउ बाख्रा प्राप्त गरेको जनाएका छन् । कार्यक्रमको मुख्य उद्देश्य निम्न आय भएका ग्रामीण महिलाहरुको आर्थिक सबलीकरण गर्नको लागि निःशुल्क बाख्रा उपलब्ध गराई दुई वर्षपछि उक्त मूल्य बराबरको रकम स्वास्थ्य इकाईमा फिर्ता ल्याई अक्षय कोष निर्माण गर्नु रहेको संस्थाले जनाएको छ । यस अघि २ चरण र यो समेत गरि आगामी ३ बर्षमा ६ लाख ५० हजार रुपैयाको अक्षय कोष सृजना हुने जनएको छ।
यस कार्यक्रमलाई नेपाल इज च्यारिटी युके, कर्मफ्लाइट्स र अमेरिकाको सराइ र उनका गूगलकर्मी बुवा दान स्टेन्बर्गको सहयोग रहेको छ।
साथै उक्त कार्यक्रममा अर्नाकोट सामुदायिक स्वास्थ्य इकाई तथा बर्थिंग सेन्टर निर्माणमा सहयोगी फ्रान्सेली दाता एएएका अध्यक्ष सिसिल पुलुस , एएए नेपालका अध्यक्ष बोधराज पौडेलको टोलीले सेन्टरको अबलोकन तथा अनुगमन गरेको थियो। कोभिड -१९ को कारण सृजित आथिक मन्दीको बीच बडो कष्ट गरेर निर्माण सम्पन्न गरि गाउपलिका लाई हस्तान्तरण गरिसकिएको सेन्टरमा हाल निसिखोला र ढोरपाटन नगरपालिका समेतका २५०० देखि ३००० जनताले निःशुल्क र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन भने २ जना पूर्ण र एक जना कर्मचारीको आंशिक तलब र अत्यावस्यक औषधिलगायत बापत बर्षेनी ७ लाख हाराहारीको आर्थिक सहयोग कर्म फ्लाइट्स संस्थाले गर्दै आइरहेको छ भने करिब ७५ लाखको लागतमा आधारभूत सेवा सहितको सामुदायिक स्वास्थ्य इकाई र बर्थिंग सेन्टर सेन्टरको स्थापना गर्न महत्वपुर्ण योगदान दिएको छ। सेन्टरको जानकारी अनुसार यस आवको पहिलो छ महिना मा ८ जना सुत्केरी हुन आएर सफलता पूर्वक सेवा पाएका छन। बर्थिंग सेन्टरको लागि एक बिरामी पार्टीलाई भान्सा सहितको कुरुवा कोठा र स्वास्थ्य सचेतना अभिमुखीकरणको लागि वेटिङ्ग रूमको बिस्तार गर्नुपर्ने र पश्चिम पट्टि रिटेइनिङ्ग पर्खाल लगाउनु पर्ने कुरा औल्याइएको छ।
यसै गरि अर्नाकोट माध्यामिक बिद्यालयका वि.व्य.स. का अध्यक्ष रामबहादुर कुवरको अध्यक्षता मा विद्यालय परिवारले कर्मफलाइटस फाउन्डेशन कास्की पोखराका बिगत ९ वर्ष देखि यस विद्यालयलाई छात्रवृत्ति तथा सामुदायिक स्वास्थ्य इकाईमा पुर्याउनु भएकोमा एक्सन अटोनोमी एभिनियर फ्रान्सका सस्थापक अध्यक्ष सिसिल प्युलुसलाई एक कार्यक्रमका साथ अर्नाकोट माध्यामिक बिद्यालयका विद्यालय व्यबस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघ समितिका पदाधिकारी, भुपु वि.व्य.स पदाधिकारी, भुपु शि.अ.स. का पदाधिकारी, विद्यार्थी, शिक्षक तथा सम्पुर्ण अर्नाकोटका अभिभावकद्वारा नागरिक अभिनन्दन, स्वागत गरिएको थियो भने ३२९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम गरिएको थियो। कार्यक्रम प्रमुख अतिथि मा ए ए ए-नेपालका अध्यक्ष बोधराज पौडेलले संस्थाले कर्मफ्लाइट्स संस्थाको साझेदारीमा यहाका बालबालिकालाई सहयोग गर्न पाएकोमा र यसको सकारात्मक प्रभाब आफुहरुले अनुभूति गर्न पाएकोमा आभार प्रकट गर्दै आफु पनि संस्थाले पालनपोषण र शिक्षादिक्षा दिएर उत्पादित व्यक्तित्व भएकोले बिपन्न र अनाथलाई छात्रवृत्तिको महत्व आफुलाई राम्रो संग थाहा भएको र बिध्यार्थिहरुलाई दत्त चित्त भएर लक्ष्य प्राप्ति तर्फ लाग्न प्रेरित गरे। अभिनन्दित सिसिल पोलुसले आफु ३५ बर्ष देखि हालसम्म नेपालमा ६५ पटक आइसकेको र यहाका बालबालिकाको शिक्षाको लागि लगातार लडिरहेको बताए । दोश्रो पटक अर्नाकोट आउँदा ससाना बच्चाहरू बयस्क भएको र नयाँ पुस्ताले हाल निर्मित भब्य संरचनामा रमाउँदै सिकिरहेको देख्न पाउदा हर्षविभोर भएको बताए । कार्यक्रम मा पूर्व प्र अ झम बहादुर कुँवर, कर्मफ्लाइट्सका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवर लगायतले कार्यक्रम बारेमा प्रकाश पारेका थिए ।