लेते (मुस्ताङ), १८ माघ : मुस्ङताङको प्रवेश विन्दु लेते क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम परिवर्तन भएसँगै आज साँझ पाँच बजेदेखि हिमपात सुरु भएको हो ।
हिमपातले लेते क्षेत्र सेताम्य बनेको छ । यस्तै बागलुङको ढोरपाटन, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा पनि हिमपात भएको निसीखोला गाउँपालिका–६ का स्थानीय ओमबहादुर घर्ती मगरले जानकारी दिए ।
बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । बिहानैदेखि परेको हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय स्थानीय गङ्गाबहादुर भण्डारीले जानकारी दिए । हिमपातले गर्दा जनजीवन कष्टकर बन्दै गएको छ ।