तामाङहरुले पोखरामा शुभकामना आदान प्रदान गरी मनाए सोनाम ल्होछार (फोटो फिचर)

-


     मर्दी न्युज    
     २५ माघ २०८० मा प्रकाशित


पोखरा । पोखरामा तामाङ समुदायले मन्जुश्री सम्वत् २८६० औं डुक (मु पुख्रि) ल्हो सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान गरी मनाएका छन् ।

बिहीबार पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकबाट झाँकीस्हित ¥याली सुरुभई महेन्द्रपुल– नयाँबजार – पृथ्वीचोक हुँदै पोखरा सभागृहमा विविध कार्यक्रमसहित सोनाम ल्होछार मनाएका हुन् ।

¥यालीमा तामाङ समुदायलगायत गुरुङ, नेवारसहित विभिन्न आदिवासी जनजातिले झाँकीसहित ¥यालीमा सहभागिता जनाएको २८६० औं सोनाम ल्होछार मुल आयोजक समिति कास्कीका संयोजक भक्तबहादुर तामाङ जानकारी दिए ।

पोखरा सभागृहमा पुगी सभामा परिणत शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रममा तामाङ भित्तेपात्रो कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिकाका उपमेयर मञ्जु गुरुङले विमोचन गरेका थिए ।


हेर्नुहोस् सोनाम ल्होसारको अवसरमा निकालिएको ¥यालीको केही झलकः