गण्डकी प्रदेशमा शुक्रवार सार्वजनिक बिदा

-


     मर्दी न्युज    
     फागुन १ गते २०८० मा प्रकाशित


पाेखरा । गण्डकी प्रदेशमा यही शुक्रवार सार्वजनिक बिदा हुने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सूचना निकालेर शुक्रबार बिदा दिइएको उल्लेख गरेको छ।

कार्यालयका उपसचिव प्रवीण ढकालले निकालेको सूचनामा फागुन ४ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ। गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।