पेट्रोलियम पदार्थको मूल्य वृद्धि

-


     मर्दी न्युज    
     फागुन ३ गते २०८० मा प्रकाशित


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो ।

भारतले मूल्य बढाएर नयाँ सूची पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७२ र डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ।

निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।