अरनिको माध्यमिक विद्यालयको ७४औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

-


     मर्दी न्युज    
     फागुन ४ गते २०८० मा प्रकाशित


स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका राङभाङस्थित अरनिको माध्यमिक विद्यालयको ७४औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा शैक्षिक सामाग्री प्रदर्शनीलगायत विविध साँस्कृतिक कार्यक्रम शनिवार सम्पन्न भएको शिक्षकसमेत रहेका कार्यक्रम सञ्चालक जीवन लामिछानेले जानकारी दिए ।

प्रमुख अतिथि कुँवरले उत्कृष्ट २८ जना छात्रछात्रालाई रेशम थापा, जसकुमारी गुरुङ, भीमबहादुर राना स्मृति अक्षयकोषबाट छात्रवृत्ति वितरण गरेका थिए भने विभिन्न खेलकूद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टलाई पुरस्कृत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा दिव्य प्रकाश विद्यालयका प्रअ टुकनारायण शर्मा, वडा सदस्य कृष्णबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बालकुमार गुरुङ, विरुवा गाउँपालिका शिक्षा विभाग प्रमुख जीवलाल भुषाललगायतले विद्यालय र शिक्षाबारे प्रकाश पारेका थिए ।

विद्यालयको वार्षिक प्रतिवेदन प्रअ गोपाल पौडेलले प्रस्तुत गरेको कार्यक्रममा सहायक प्रधानाध्यापक विष्णु अर्यालले स्वागत मन्तव्य राखेका थिए ।