१८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

-


     मर्दी न्युज    
     फागुन १३ गते २०८० मा प्रकाशित


काठमाडौं । सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन) मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । उनले भने,’माननीय सदस्यहरू बैठकमा यहाँहरूले नियमित उठाउँदै आउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।  माननीय सदस्यहरूले उठाउनु भएका  विषयमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई निर्देशन गदर्छु।’

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा वा बर्खास्तको माग राख्दै विपक्षी दलहरू एमाले, रास्वपा, राप्रपाले विरोध जनाएपछि बैठक स्थगित गरिएको थियो । विवादित तीन मन्त्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ दिने रुलिङपछि सदन सुचारु भएको छ ।

संसदको संभावित कार्यतालिकाअनुसार आगामी बैठक १८ गते शुक्रबार बिहान ११ बजे बस्नेछ।