पोखरा । गत असोजमा तमु प्ये ल्हु संघको विधानमा विवाद भई नयाँ कार्यसमिति चयन हुन नसकी स्थगित भएको संघको अधिवेशनले बल्ल पूर्णता पाएको छ । बिहीबार सम्पन्न अधिवेशनले पुरानै संघको २०७६ को विधानलाई लागू गरी नयाँ कार्यसमिति चयन भएसँगै अधिवेशनले पूर्णता पाएको हो ।
हिजो बिहीबार सम्पन्न अधिवेशनले पूर्व कोषाध्यक्ष ओम थिम्जे तमुलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
यसैगरी अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा एकाजंङ्ग प्ल्हे तमु, कोशी प्रदेश उपाध्यक्षमा धर्मराज प्हच्यु तमु, बागमती प्रदेश उपाध्यक्षमा तुलाराम तमु, कर्णाली प्रदेश उपाध्यक्षमा रामबहादुर तमु, लुम्बिनी प्रदेश उपाध्यक्षमा सुबेदार देवीबहादुर तमु, गण्डकी प्रदेश उपाध्यक्षमा महेन्द्रजंग तमु निर्वाचित भएका छन् । यस्तै महासचिवमा हर्कबहादुर योज तमु पुनः दोहोरिएका छन् । यस्तै उपमहासचिवमा अर्जुन तमु, सह–महासचिवमा ईन्द्रकुमारी तमु सचिवमा बमबहादुर तमु, कोषाध्यक्षमा मन्जु तमु र सह–कोषाध्यक्षमा शेखर ल्हेगे तमु निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा जमुना तमु देवकुमार तमु, लालजित तमु, सोमराज तमु, मोमप्रसाद तमु, छत्र तमु, दिलबहादुर तमु, रमा तमु, लोककृष्ण तमु, माया तमु, बन्दना तमु, तिलप्रसाद तमु, पुष्प कला तमु, अमर तमु, क्या. भिमबहादुर तमु र कुलप्रसाद तमु निर्वाचित भएका छन् । कार्यसमितिमा पद मात्र हेरफेर भई अधिकांश सदस्य दोहोरिका छन् ।