पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
गण्डकी प्रदेश मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो । प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारण १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन यही फागुन २५ गते रातिदेखि लागू हुनेगरी अन्त्य गरेको हो ।
शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद् सचिवालयलाई पठाएको संसद् सचिवालयले जनाएको छ ।
फागुन १६ गतेदेखि सुरु भएको गण्डकीको हिउँदे अधिवेशनमा २० र २१ गते बैठक बसेको थियो ।