गण्डकीका प्रदेश प्रमुख भट्टद्वारा पदभार ग्रहण

-


     रासस    
     ४ चैत्र २०८० मा प्रकाशित


पोखरा, ४ चैत । गण्डकीका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो पदभार ग्रहण गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डिल्लीराज भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेका थिए । गत फागुन २८ गते नियुक्त भएका प्रदेश प्रमुख भट्ट शनिबार पोखरा आएर आज पदभार सम्हालेको हो ।

सो अवसरमा उनले संविधानको पूर्ण कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्ने बताए । उनले भने, “ संविधान र कानुन पालना र कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्नेछु ।” उनलाई गण्डकीका मुख्यमन्त्री, मन्त्रीसहित सभामुख, विपक्षी दलका नेताहरूले स्वागत गरेका थिए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालसम्म सरकारले गरेका कामका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएको थियो । गण्डकीको संस्थापक प्रदेश प्रमुख बाबुराम कुँवर हुन् । यसपछि अमिक शेरचन, सीता पौडेल र पृथ्वीमान गुरुङले गण्डकीको प्रदेश प्रमुखका रूपमा नेतृत्व प्रदान गरेका थिए ।