माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

-


     मर्दी न्युज    
     चैत्र ४ गते २०८० मा प्रकाशित


Mardi news

काठमाडाै‌ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार महरालाई कपिलवस्तुमा पक्राउ गरी काठमाडौं ल्याउन लागिएको हो ।

उनी रुपन्देही हुँदै रोल्पा जान लागेका थिए। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

सुन तस्करीबारे छानबिन गर्न गठित आयोगले महरासहित विभिन्न व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस गरेको थियो।

आयोगले बुझाएको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए। त्यसपश्चात मन्त्रिपरिषद्को बैठकले आयोगको प्रतिवेदन कार्यान्वय गर्ने निर्णय गरेको हो। सोही अनुसार गृहमन्त्री लामिछानेले प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएका थिए।