मेघगर्जनसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

-


     मर्दी न्युज    
     १२ चैत्र २०८० मा प्रकाशित


पोखरा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जसको प्रभावले अहिले बिहान देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति पनि कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।