दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

-


     मर्दी न्युज    
     चैत्र १२ गते २०८० मा प्रकाशित


काठमाडौँ, १२ चैत । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ ।

न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्वन्धन दिन आदेश गरेको हो । फैसलाको पूर्णपाठ पछि आउनेछ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए ।