यी स्थानमा हुनेछ आज वर्षा र हिमपात

-


     मर्दी न्युज    
     १५ चैत्र २०८० मा प्रकाशित


पोखरा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले अहिले बिहान देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू÷भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखी मध्यम वर्षा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।