पोखरामा बस दुर्घटना, दुई जना घाइते

-


     मर्दी न्युज    
     चैत्र १७ गते २०८० मा प्रकाशित


पोखरा । पोखराको वडा नम्बर २७ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ । बस रिजर्भ गरेका यात्रुलाई पुर्‍याएर लेखनाथतिर फर्किँदै गर्दा सो दुर्घटना भएको हो ।

बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए । दुर्घटनाग्रस्त बस सडकमा उभिएको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।