कास्कीमा जीप दुर्घटनाः दुईको मृत्यु, १० जना घाइते

-


     मर्दी न्युज    
     चैत्र १७ गते २०८० मा प्रकाशित


पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ १० जना घाइते भएका छन् ।

पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुबाहक जीप सल्लाघारी भन्ने ठाउँमा साँढे ३ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा अन्य १० जना घाईते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनास्थल पोखराबाट २९ किमी टाढा पर्दछ ।

घटनास्थलमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करीब २ सय मिटर तल खसेको थियो ।