पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्यवृद्धि

-


     मर्दी न्युज    
     १८ चैत्र २०८० मा प्रकाशित


नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो ।

यससँगै काठमाडौं, पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । यसअघि १ सय ७१ रुपैयाँमा कारोबार भइरहेको थियो ।

सुर्खेत र दाङमा १७४ तथा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूख्य भने यथावत राखिएको छ ।