श्रीमानले गरे श्रीमतीको हत्या

-


     मर्दी न्युज    
     २४ चैत्र २०८० मा प्रकाशित


दमौली (तनहुँ), २४ चैत । व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रहरीका अनुसार कुमालले हतियार प्रहार श्रीमतीको हत्या गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।