गण्डकी प्रदेशमा वर्षा र पाँच प्रदेशमा हावाहुरीको सम्भावना

-


     मर्दी न्युज    
     २५ चैत्र २०८० मा प्रकाशित


पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। अहिले बिहान कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भु–भागका तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।