साहित्यकार प्रकट पंगेनीको निधन

-


     मर्दी न्युज    
     वैशाख ३ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरेली साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । ज्वरो र निमोनियाले थलिएका प्रकटको मंगलबार मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पंगेनीको ६८ वर्षको उमेरमा निधन भएको हो । बुधबार दिउँसो १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा सुरू गरी फुलबारी घाटमा उनको अन्त्येष्टि गरिने पोखरेली युवा सांस्कृतिक परिवारले जनाएको छ।

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् ।

प्रकटका श्रीमती, एक छोरा र छोरी छन् ।