गण्डकीमा प्रदेश सभा अधिवेशन आह्वान

-


     मर्दी न्युज    
     वैशाख ४ गते २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७ गते गण्डकी प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ७ गते अधिवेशन आव्हान गरिदिन सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख भट्टले वैशाख ७ गते शुक्रबार दिउँसो ३ बजे सभा भवनमा अधिवेशन आह्वानका गरेका हो ।