फिक्कल (इलाम), १६ वैशाख । इलाम–२ को मतगणना जारी रहँदा काँग्रेस उम्मेदवार डम्बर खड्काको अग्रता कायमै रहेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिँदा खड्काले ११४५ मतका साथ अग्रता कायम राखेका छन् ।
एमालेका सुहाङ नेम्वाङले १०६३ मतका साथ पछ्याइरहेका छन् । यसअघि वडा नम्बर १ मा डेढ सय बढीको अग्रता लिएका खड्का वडा नम्बर २ मा पुग्दा ८२ मतले अगाडि छ । यी दुवै वडा काँग्रेसले जितेका हुन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले तीन सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले दुई सय नौ मत प्राप्त गरेको छ ।
शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए ।
उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।