इलाम उपनिर्वाचन अपडेटः सुहाङको अग्रता कायमै

-


     मर्दी न्युज    
     १७ बैशाख २०८१ मा प्रकाशित


काठमाडौँ । इलाम–२ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् ।

३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८०९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १७१३ मत ल्याएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राईले २८७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले २८५ मत प्राप्त गरेका छन् ।

कूल छ वटा पालिका रहेको यस निर्वाचन क्षेत्रमा अहिले देउमाई नगरपालिका–१, २ र ३ को मतगणना भइरहेको छ । इलाम नगरपालिकाको गणना गर्न बाँकी छ । कूल एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।