डिजेल र मट्टितेलको मूल्य घट्यो

-


     मर्दी न्युज    
     वैशाख १७ गते २०८१ मा प्रकाशित


नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ ।

भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य आजै राति १२ बजेदेखि लागू हुने गरी घटाइएको निगमले जनाएको छ ।

त्यस्तै, हवाई इन्धनमा भने मूल्य वृद्धि भएको छ । पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको छ ।