यस्तो छ आजको मौसम पूर्वानुमान

-


     मर्दी न्युज    
     वैशाख १८ गते २०८१ मा प्रकाशित


पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।