काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

-


     मर्दी न्युज    
     २८ बैशाख २०८१ मा प्रकाशित


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

शुक्रबार दोस्रो पटक बसेको बैठकमा पनि नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक जेठ १ गते अपराह्न ६ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठकमा नेपाली कांग्रेसका सांसदहरुले सहकारी पीडितलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानविन समिति नबनेसम्म सदन चल्न नदिने चेतावनी समेत दिएका छन् ।