कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन

-


     मर्दी न्युज    
     जेठ २ गते २०८१ मा प्रकाशित


काठमाडौँ, ३ जेठ । राष्ट्रियसभाको आजको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ आफ्नो आसनबाट उठेपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि शुक्रबार दिउँसो १।१५ बजे बस्ने गरी स्थगित गरेको हो ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर राष्ट्रियसभाको बैठक अवरोध गर्दै आएको छ ।