कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएपछि बैठक स्थगित

-


     मर्दी न्युज    
     जेठ २ गते २०८१ मा प्रकाशित


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले भोलि ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन्।

प्रतिनिधि सभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुबीच धकेलाधकेल भएका थिए । सभामुख घिमिरेले नेपाली काँग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो ।

काँग्रेसले सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर भन्दै नाराबाजी गरेका थिए। कांग्रेस सांसदहरू आक्रामक बनेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उठेर सम्झाउने प्रयास गरेका थिए । त्यसबीच ओली र कांग्रेस सांसदबीच भनाभन भएको थियो । मुठभेडको स्थिति आउने देखिएपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका थिए।