पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० शिशुवामा रहेको चक्रदेवी बहुमुखी सहकारी संस्थामा तोडफोड भएको छ ।
प्रहरी स्रोतका अनुसार दुर्गा प्रसाईंको समर्थक भन्दै गएका समूहले सहकारीका कर्मचारीमाथि हातपात र तोडफोड गरेका हुन् ।
सहकारी तोडफोड तथा कर्मचारी माथिसमेत आक्रमण हुन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सहकारी तोडफोड तथा कर्मचारी माथि आक्रमण गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीकै माछापुच्छ्रे गाउँपालिका–५ रिवानमा ३६ वर्षीय प्रकाश बिक, झापा भद्रपुरका ४० वर्षीय राजीव प्रसाईं, पोखरा महानगरपालिका–२७ लेखनाथका ४२ वर्षीय गणेश शाही, त्यहीँका २९ वर्षीय समिन बिक, २७ वर्षीय सञ्जीव सुनार छन् ।
यसैगरी पोखरा महानगरपालिका–२७ कै यमबहादुर चौरेली, ४९ वर्षीय कृष्णकुमारी चौरेली, रुपन्देही–११ का ४७ वर्षीय कमला चन्द र नवलपरासी बताउने बर्ष ४२ की बिष्णु बोहरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।