गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीद्वयद्वारा शपथ ग्रहण

-


     मर्दी न्युज    
     १६ जेष्ठ २०८१ मा प्रकाशित


गण्डकी, १६ जेठ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित दुई जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखरा सभागृहमा आयोजित विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएको हो ।

समारोहमा प्रदेश प्रमुख भट्टले नवनियुक्त आर्थिक मामिलामन्त्री डा टकराज गुरुङ र ऊर्जा जलस्रेत खानेपानी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापालाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

मन्त्री थापा यसअघि कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी बहन गरिसकेका थिए ।