पोखरा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका एकदुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ ।
राति भने कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बांकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।