आज यी प्रदेशमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     २८ जेष्ठ २०८१ मा प्रकाशित


पोखरा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। जसको प्रभावले अहिले बिहान कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली भई कोशी प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्विनी, कर्णाली र सदूररपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

यसैगरी, राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।