पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

-


     मर्दी न्युज    
     असार १८ गते २०८१ मा प्रकाशित


पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको हाे।

मणिपाल शिक्षण अस्पताललाई नियम विपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको अख्तियारको कार्यालय पोखराका प्रवत्ता जगदिशचन्द्र सिवाकोटीले जानकारी दिए ।

अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हाे ।