लायन्स क्लब अफ पोखरा किरणले गर्‍यो डेस्क बेन्च सहयोग

-


     मर्दी न्युज    
     २६ असार २०८१ मा प्रकाशित


सामाजिक सेवामा कटिबद्ध लायन्स क्लब अफ पोखरा किरणद्वारा पोखरा महानगरपालिका- २८, स्याङ्गखुदी स्थित श्री भुर्तेल आधारभूत बिद्यालयमा रु एक लाख पन्ध्र हजार रुपैयाँ मुल्य बराबरको डेस्क बेन्च बितरण गरेको छ।

लायन्स सेवा सप्ताह अन्तर्गत जुलाई १ तारीखका दिन पोखराको महेन्द्रपुलमा बृहत रक्तदान गरि लायन बर्ष २०२४/२५ को सुखद सुरुवात गरेको क्लबले असार २३ गते आइतबार (जुलाई ७, तारीख सन २०२४) बिहान बिद्यालय परिसरमा गरिएको संक्षिप्त औपचारिक कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक्ट ३२५ के का पिएमसिसी लायन दिपक श्रेष्ठले महानगर भएपनी कठिन भूगोलमा रहेको र आर्थिक रूपमा कमजोर रहेको विद्यालयलाई अति आबस्यक बेन्च डेस्क उपलब्ध गराएकोमा लायन्स क्लब अफ पोखरा किरणलाई धन्यवाद दिनुभयो।

क्लबका एक्सटेन्सन चेयरपर्सन लायन सरिश्मा सापकोटाले क्लब सदस्यहरुको हौसला बढाउन क्लबको आफ्नै पिन बितरण गर्नुभएको थियो।

कार्यक्रम लाई अत्यन्तै महत्त्व दिएर बिशेष अतिथि डिस्ट्रीक्ट पिआरओ चिफ लायन टिकाराम सापकोटा, अतिथिहरुमा जिएलटि एरिया कोअर्डिनेटर लायन भोलानाथ ओझा, रिजन चेयरपर्सन लायन जिवनराज सापकोटा, जोन ३५ का जोन चेयरपर्सन लायन गणेश सापकोटा, लायन्स क्लब अफ पोखरा संगमका अध्यक्ष लायन कोपिला श्रेष्ठ, सचिव गौरी ओझा उपस्थित हुनुभएको थियो।

लायन्स क्लबमा लागेर लायनबादको भित्री आत्मादेखी सिरोपर गरि थुप्रै सामाजिक काम गरिसकेका स्वर्गीय लायन किरण श्रेष्ठको संझना र सम्मानमा स्थापित लायन्स क्लब अफ पोखरा किरणले क्लब स्थापनाको छोटो समयमै उल्लेख्य सामाजिक कामहरु गरिसकेको छ। स्वर्गीय लायन किरण श्रेष्ठको जन्मदिनको पुनित अबसर पारेर विद्यालयलाई १० थान डेस्क १० थान बेन्च र १ थान पानी डिस्पेन्सर सहयोग गरिएको हो।

सामाजिक कामको साथसाथै मोडलिङ्ग, फेसन डिजाइनिङ्गमा अत्यन्तै सफल, पोखराको चिप्लेढुँगामा सलिमा फेसन बुटिकका संचालक समेत रहेकी क्लबकि अध्यक्ष रोशनी छिनालले क्लबको नाम बाट सहयोग भएतापनी यसको सम्पुर्ण आर्थिकभार आफुले ब्यक्तिगत रूपमा मिलाउने बताउनुभयो।

बिद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद भुर्तेल तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मित्रलाल बास्तोलाको रोहवरमा प्रमुख अतिथि, अतिथिहरु तथा उपस्थित लायन लिडरहरुले डेस्क,बेन्च र पानी डिस्पेन्सर हस्तान्तरण गर्नुभएको थियो।

क्लबका सचिब लायन उमा सापकोटाले संचालन गर्नुभएको औपचारिक कार्यक्रममा प्रथम उपाध्यक्ष लायन नारायणी बरालले स्वागत मन्तव्य राख्नुभएको थियो।