
पोखरा । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुद्धारा वैवाहिक वर्ष गाठको अवसरमा स्थापित तथा फोनिज कास्की मार्फत सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार खेम सारु मगर सम्मानित भएका छन् ।
फोनिज कास्कीको आयोजनामा शनिबार पोखरा, नयाँबजार स्थित तमु धिंमा भएको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०८१ अपर्ण कार्यक्रम मार्फत फेटा, भांग्रा, प्रमाणपत्र र नगद सहित, प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ र कर्म तमुले मगरलाई सम्मान गरेको हो ।
मगर रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरा मालेपाटनमा विगत तीन दशकदेखि कार्यरत छन् ।
सम्मानित पछि बोल्नुहुँदै, सारु मगरले पुरस्कारले थप जिम्मेवारी र उर्जा मिलेको बताए । उनका बारे, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले बोलेका थिए।
उक्त अवसरमा मन्तव्य राख्दै गण्डकी प्रदेश सभा सदस्य गुरुङले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजका लागि प्रदेशका मु्ख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्यविनेटबाट पास गरिसकेको सुनाए । यसको ऐन बनाएर सुरुवात गर्न मात्र बाकी रहेको पनि बताउँदै, गुरुङले आगामी दिनमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनका अनुसार प्रदेशको तथ्यांक अनुसार मगरहरु १८ र गुरुङहरु ९ प्रतिशतले मात्रृ भाषा बोल्दै आएका छन् ।
कार्यक्रममा तमु धिंका संस्थापक अध्याक्ष कर्म तमु र फोनिजका संघिय सल्लाहकार हुमबहादुर तमुले समग्रह आदिबासी जनजातिको अधिकारका लागि जस्ताको तस्तै, निश्पक्ष रुपमा कलम चलाउने विश्वास व्यक्त गरे ।
फोनिज कास्कीका अध्यक्ष पञ्च सुब्बा (दिलप्रसाद) गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विना कुमारी थापा मगरले राखेको थियो भने, सचिव शुशिल श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
यस अघि पत्रकारहरु रीता गुरुङ, तिलक पुन मगर, हर्क आले मगर, राज बहादुर गुरुङ, शान्ति गुरुङ, एम.बि. आस्था मगर, हुमबहादुर गुरुङ, उदय बहादुर अमात्य, रुद्र श्रीस मगर, दीपेन्द्र श्रेष्ठ यस पुरस्कारबाट सम्मानित भैसकेका छन् ।