सौर्य एयरलाइन्सको जहाज दुर्घटना

-


     मर्दी न्युज    
     ९ साउन २०८१ मा प्रकाशित


काठमाडौँ । त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको बताइएको छ ।

विमानस्थल अधिकारीका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका छन् । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ भने सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।