काठमाडौँ । सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । उनलाई यसअघि पुष्कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कामु मुख्य सचिव बनाएको थियो ।
विसं २०५२ सालमा न्याय सेवाबाट प्रवेश गरेकी उनले एक महिना मुख्य सचिवको जिम्मेवारी निभाउनेछिन्। गडतौला भदौ १५ गतेबाट सेवा निवृत्त हुँदैछिन्।