गोरखाको धार्चेमा पहिरो जाँदा ५ जना बेपत्ता 

-


     मर्दी न्युज    
     १३ साउन २०८१ मा प्रकाशित


गोरखाको धार्चेमा पहिरोः एकै परिवारका तीन सहित पाँचजना बेपत्ता

गोरखा । गोरखाको धार्चे–५ मा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । धार्चेका जीतबहादुर गुरुङ कान्छी गुरुङ र सुकलाल गुरुङ रहेका छन् । उनीहरु एउटै परिवारका हुन् ।

त्यसैगरी बेपत्ता हुने दुई जनामा वाटर ईनर्जी हाईड्रोमा कार्यरत कर्मचारी रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । पहिरोमा परी २ जना घाईते भएका छन् । दिलिप गुरुङ र छम बहादुर गुरुङ घाईते भएका छन् ।

आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो । पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाए लगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।