पोखरामा पत्रकार कुटपिट गर्ने ४ जना पक्राउ

-


     मर्दी न्युज    
     १३ साउन २०८१ मा प्रकाशित


पोखरा । पोखरामा पत्रकारमाथि हातपात गर्ने ४ जना पक्राउ परेका छन् । आइतबारदेखि यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा पृथ्वीचोकमा रिपोर्टिङमा खटिएका पत्रकारद्वय बिना थापा मगर र सुरज थापा मगरमाथि आन्दोलित चालकहरुले हातपात गरेका हुन् ।

बिना पोखरा टेलिभिटन र सुरज गण्डकी भ्वाइसमा कार्यरत छन् । उनीहरुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्यबहादुर नेपाली, बुद्धिबहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले जानकारी दिए । अन्य आक्रमणकारीको खोजी भइरहेको एसपी थापाले बताए ।

एसपी थापाको अनुसार यो घटनामा संलग्नलाई अभद्र व्यवहार कसुरमा मुद्धा चल्छ । पत्रकारद्वयमाथि आक्रमण भएपछि पत्रकारहरुले प्रहरी कार्यालयमा पुगेर जाहेरी दिएका थिए ।