स्कुल बस दुर्घटना अपडेटः आमा र छोराको मृत्यु, २८ जना घाइते

-


     मर्दी न्युज    
     १४ साउन २०८१ मा प्रकाशित


पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विक छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।

घाइते मध्ये १४जनालागि गण्डकी मेडिकल कलेज पृथ्वीचोक १२ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल बाँकी ३ जनालाई मणिपाल शिक्षण अस्पतालमा लगिएको कास्की प्रहरीले जनाएको छ ।

आज बिहान पोखरा–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय, कास्कीले जानकारी दिए ।